मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
निर्माता तथा निर्देशक सन्तोष सेन मुम्बई पुगेको लामै समय भइसकेको छ । उनी एक महिनाको अन्तरमा ३ पटक मुम्बई जाने आउने गरे ।
अभिनेता प्रदिप खड्कासँग एक महिनाअघि मुम्बई पुगेका उनी त्यसपछि भने एक्लै गुपचुप रुपमा चलचित्र ‘प्रेम गीत ३’ को काममा लागिरहेका छन् । खासमा उनी यति मुम्बईमा यति लामो समय बस्नुको कारण भने ‘प्रेम गीत ३’को बलिउड प्रदर्शन हो ।
केहि समय अघि उनको प्रतिक्षारत चलचित्र ‘प्रेम गीत ३’ बलिउडमा बिक्री भएको खबरले नेपाली चलचित्र उद्योगमा अहिले पनि राम्रै चर्चा चलेको छ ।
अघिल्लो चैत २८ मा प्रदर्शन हुने भनिएको यो चलचित्र कोरोना महामारीका कारण प्रदर्शन मिति स्थगित गरिएको थियो । अब यो चलचित्र कहिले प्रदर्शन हुन्छ निर्णय भइसकेको छैन ।
उनको यो चलचित्र शाहरुख खानको ब्यानरले किनेको हल्ला चलेको भएपनि त्यो अझै सन्तोष सेनको टिमले आधिकारिक रुपमा पुष्टि गरेको छैन । तर, बलिउडमा विक्री भएको खबर भने लगभग पक्का रहेको उनी निकट स्रोतको भनाई छ ।
निर्माता सेन हिन्दीसँगै विभिन्न ५ भाषामा प्रदर्शन गर्ने गरी मुम्बईमा काम गरिरहेको उनी निकट एक स्रोतको भनाई छ ।
चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, प्रदिप खड्का, मनिष राउत, कृष्टिना गुरुङ, क्रिजन गौतम, प्रेम पुरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
आसुसेनफिल्म प्रोडक्सनले यदि यो चलचित्र बलिउडबाट पनि देखाउने अवसर पायो भने यो चलचित्र नेपाली चलचित्र इतिहासमा सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बन्ने छ ।
काठमाडौं र मनाङमा खिचिएको यो चलचित्रलाई अर्का निर्देशक छेतेन गुरुङले लेखेका थिए । तर, उनको केहि समय अघि निधन भएको छ । साढे ३ करोडको हाराहारी खर्च गरेर निर्माण गरिएको यो चलचित्र नेपाली चलचित्र उद्योगमा सबैभन्दा प्रतिक्षारत चलचित्र हो ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...