२४ असार २०८३, बुधबार

भारतले केही हप्तामै कोरोनाको खोप निर्यात गर्ने, छिमेकीलाई प्राथमिकता

माघ ५, २०७७
भारतले केही हप्तामै कोरोनाको खोप निर्यात गर्ने, छिमेकीलाई प्राथमिकता

भारतले देशमा बनाएको कोभिडविरुद्धको खोप छिमेकी मुलुकहरूलाई केही हप्ताभित्रै निर्यात गर्ने भएको छ । 

शुरूमा भारतका छिमेकीहरू नेपाल, भुटान, बंगलादेश, म्यान्मार, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स र मौरिससमा खोप पठाइनेछ । 

पहिलो खेप सद्भावका लागि पठाइनेछ भने त्यसपछिका खेपहरूको पैसा तत्तत् देशहरूले सिरम इन्स्टिच्युट वा भारत बायोटेकलाई तिर्नुपर्नेछ ।

भारतले शनिवारबाट कोभिडविरुद्धको खोप लगाउन थालेको छ । पहिलो दिन १ लाख ९० हजार मानिसले खोप लागएका छन् ।

भारत सरकारसँग कोभिड खोपको अनुरोध गर्ने नेपाल पछिल्लो मुलुक हो । म्यान्मार र बंगलादेशले सिरम इन्स्टिच्युटसँग खोपका लागि सम्झौता गरिसकेका छन् । 
 

भारतीयहरूले तिरेकै जति रकम अन्य देशले पनि तिर्ने भारत सरकारका स्रोतहरूले द टाइम्स अफ इन्डिया पत्रिकालाई बताएका छन् । तर भारतले आफ्नो जनसंख्यालाई पर्याप्त भएपछि मात्र निर्यात गर्ने योजना रहेको उनीहरूको भनाइ छ । 

टाढाका अन्य मुलुकहरूका स्वास्थ्य संस्थाले भारतका कम्पनीहरूसँग सम्झौता गरेपछि मात्र खोप पाउनेछन् । ब्राजिलको फियोक्रुज इन्स्टिचुटले भारतको सिरम इन्स्टिच्युटसँग सम्झौता गरिसकेको छ । यूएई, साउदी अरब, ​मोरक्को, दक्षिण अफ्रिका लगायतका मुलुकले पनि सम्झौता गरेका छन् । तर उनीहरूले भारत सरकारबाट क्लियरेन्स लिनुपर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्