०२ साउन २०८३, शनिबार

बाबुराम भट्टराईको अभिव्यक्तिमा कमल थापाको आपत्ति

बाबुराम भट्टराईको अभिव्यक्तिमा कमल थापाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

उनले डा. भट्टराईको नाम उल्लेख नगरी अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्ने तर्फ उद्यत रहेको देखिने बताएका छन् । 

डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौँ  भनेका थिए ।

उनले लेखेका छन्,'संविधानमा रहेका अस्पष्टता/विवाद निरूपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा "प्रतिनिधिसभा पुनःस्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौँ"भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्ने तर्फ उद्यत रहेको देखिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्