१४ असार २०८३, आइतबार

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्तमित भेटिए ?

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्तमित भेटिए ?

पछिल्लो २४ घण्टामा देशभर ३२२ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । थपिएका सङ्क्रमितमध्ये १६३ जना काठमाडौँ उपत्यकाका रहेका छन् । हालसम्म देशभर तीन हजार ८६१ सक्रिय सङ्क्रमित छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख १६ हजार ७५८ पुगेको छ ।

पछिल्लो समय थप छ कोरोना सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९६५ पुगेको छ । थप ३७४ सङ्क्रमित कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या द्ुई लाख ६१ हजार ८१८ पुगेको छ । देशभर हाल १९५ कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत् छन् । तीमध्ये १६१ सङ्क्रमित आइसियुमा तथा ३४ सङ्क्रमित भेन्टिलेटरमा छन् ।

पछिल्लो समय झापामा चार, मोरङमा पाँच, सुनसरीमा दुई, बारामा एक, सप्तरीमा दुई, सर्लाहीमा एक, सिरहामा एक, काठमाडौंमा १४१, काभ्रेमा दुई, चितवनमा २२, धादिङमा एक, नुवाकोटमा १०, भक्तपुरमा सात, मकवानपुरमा पाँच, सिन्धुलीमा दुई, ललितपुरमा १५, कास्कीमा २१, गोरखामा चार, तनहुँमा ६, नवलपरासी पूर्वमा छ, पर्वतमा तीन, म्याग्दीमा चार, लमजुङमा दुई, बागलुङमा ११, अर्घाखाँचीमा तीन, कपिलवस्तुमा तीन, दाङमा तीन, पाल्पामा तीन, बर्दियामा दुई, बाँकेमा १९, रुपन्देहीमा छ र बझाङमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्