१४ असार २०८३, आइतबार

विद्युत् उपलब्ध माग र आपूर्तिका आधारमा, जुम्लामा लोडसेडिङबारे यसो भन्छ प्राधिकरण

विद्युत् उपलब्ध माग र आपूर्तिका आधारमा, जुम्लामा लोडसेडिङबारे यसो भन्छ प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

उपभोक्ताले दैनिकरुपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

    पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, “प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ ।”

    कर्णालीका कालीकोट, हुम्ला र मुगुमा चालू आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने गरी काम गरिरहेका प्राधिकरणको भनाइ छ । कर्णाली प्रदेशका कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत् पु¥याउन दैलेखबाट कालीकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ ।

    प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ । राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्