
नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेको स्पष्टीकरणपत्र प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा लगेर बुझाइएको छ ।
उक्त समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन किन नगर्ने भन्ने प्रश्न सोध्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनेको हो । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल प्रशान्त्र पत्र बुझाउन बालुवाटार पुगेका थिए ।
'प्रधानमन्त्री ओलीलाई पार्टी स्थायी समिमित बैठकले गरेको निर्णयका आधारमा सोधिएको स्पष्टीकरणपत्र लिएर सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र म बालुवाटास्थित प्रधानमन्त्री निवास पुगेका थियों । तर, त्यहाँ हामीलाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन । हामीले स्पष्टीकरणपत्र लिएर आएको जानकारी गराएका थियौं', केन्द्रीय कार्यालयका सचिव ढकालले भने, 'गेटका सुरक्षाकर्मीले भित्र सोध्नुभयो । अनि हामीले लगेको पत्र त्यहाँ बुझेर राख्नुभयो ।' अन्नपूर्ण पोस्टमा खबर छ ।