१५ असार २०८३, सोमबार

चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति भेटिन्

माघ ६, २०७७
चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति  भेटिन्

नेपालमा राजनीतिक संकट गहिरिइरहेकै बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले गत शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।
उनीहरूको भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले कुनै पनि सूचना बाहिर ल्याएका छैनन् । शुक्रबार भएको उक्त गोप्य भेटवार्ताबारे चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले पुष्टि गरेका छन् । ‘उहाँहरूबीच भेटवार्ता भएको हो तर कुन विषयमा कुराकानी भएको भन्ने जानकारीमा आएको छैन,’ उनले भने ।
नेकपाभित्रको विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि चिनियाँ राजदूत होउको राष्ट्रपति भण्डारीसँग तेस्रोपटक भेटवार्ता भएको हो ।कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्