०९ साउन २०८३, शनिबार

नेकपाका दुई पक्षबीच मुठभेडको खतरापछि अनिश्चितकालका लागि स्थगित भयो प्रदेश सभा बैठक

नेकपाका दुई पक्षबीच मुठभेडको खतरापछि अनिश्चितकालका लागि स्थगित भयो प्रदेश सभा बैठक

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन शुरू भएपनि बैठक भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।

प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएपनि १० मिनेट ढिला गरी शुरू भएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

बैठक शुरू भएको तीन मिनेटमै सभामुखले  बैठक स्थगन भएको सूचना सभामा सुनाएका थिए ।

नेकपाका दुई पक्षबीच मुठभेडको खतरा भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

आजको बैठकमा केपी शर्मा ओली पक्षले आफूले निलम्बन गरेका १६ सांसदलाई बैठकमा सहभागी हुन नदिने रणनीति अख्तियार गरेको थियो भने प्रचण्ड-माधव नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतमा बोल्न नदिने रणनीति बनाएको थियो ।

प्रदेश सभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्