१२ असार २०८३, शुक्रबार

३ जना प्रहरी कर्मचारी निलम्बित

३ जना प्रहरी कर्मचारी निलम्बित

आर्थिक प्रलोभनमा परी दिइएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई मंगलबार चितवनबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि बुधबार उनीहरु निलम्बनमा परेका हुन् ।

निलम्बनमा पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान  पूर्ण सिंह रस्मी मगर रहेका छन् ।

निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्