१३ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नव नियुक्त राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिएका छन् । बुधबार मध्यराति ट्वीट गर्दै ओलीले बाइडेनलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।

‘अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्नुभएकोमा जो बाइडेनलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु । उहाँको कार्यकालमा दुई देशबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ पार्न मिलेर काम गर्न चाहन्छु’, ओलीको ट्वीटरमा भनिएको छ ।

बाइडेनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्