०७ असार २०८३, आइतबार

प्रदेश सभामा नबोली फर्किए संसदीय दलका नेता

प्रदेश सभामा नबोली फर्किए संसदीय दलका नेता

प्रदेश १ सभाको बैठक बुधबार दिउँसो २ः१२ मिनेटमा सुरु भएलगत्तै सभामुखले स्थगित गरेपछि संसदीय दलका नेताहरूले पनि बोल्न पाएनन् ।
सभामुखले सभाको सातौँ तथा हिउँदे अधिवेशन सुरु भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र सुनाएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।

प्रदेश सभा अधिवेशनको सुरु र अन्त्यमा संसदीय दलका नेताले आफ्नो शुभकामना र समीक्षा मन्तव्य राख्ने परम्परा रहेको छ ।
तर, बुधबारको बैठकमा कुनै पनि दलका नेताहरूले सम्बोधन गर्न पाएनन् । नयाँ पत्रिकाले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्