१३ असार २०८३, शनिबार

संविधानको रक्षाको पक्षमा उठ्न गगन थापाको आह्वान

संविधानको रक्षाको पक्षमा उठ्न गगन थापाको आह्वान

नेपाली काँग्रेसका नेता गगन थापाले लोकतान्त्रिक संविधानको रक्षाको पक्षमा उठ्न सबैलाई आग्रह गरेका छन् । 

बिहीवार एक ट्वीट गर्दै नेता थापाले लोकतान्त्रिक संविधान रक्षाको पक्षमा हुने विरोध कार्यक्रममा जुट्न सबैलाई आग्रह गरेका हुन् । 

नेपाली काँग्रेसले बिहीवार वडा स्तरीय विरोध कार्यक्रम सञ्चालन गर्दैछ । जसमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटै वडामा हुने प्रदर्शनमा सहभागी हुन नेता थापाले अनुरोध गरेका हुन् । 

उनले संसद विघटनको विरुद्धमा  ऐक्यबद्धता प्रकट गर्न अपिल समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्