१२ असार २०८३, शुक्रबार

बाइडनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

माघ ८, २०७७
बाइडनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई ज्ञापन गरेकी छन् ।

नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले बिहीवार उनलाई पठाएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी छन् ।

उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति बाइडनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उनले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गरेकी छन् । 

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकामा प्रशंसा गरेका छन् । लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्