०९ साउन २०८३, शनिबार

भारत : कोरोनाको खोप बनाउने सिरम इन्स्टिच्युटमा आगलागी

माघ ८, २०७७
भारत : कोरोनाको खोप बनाउने सिरम इन्स्टिच्युटमा आगलागी

भारतको पुनामा रहेको सिरम इन्स्टिच्युटमा बिहीवार अपराह्न ठूलो आगलागी भएको छ ।

इन्स्टिच्युटको टर्मिनल १ गेट नजिकको भवनमा आगो लागेको समाचार संस्था एएनआईले खबर दिएको छ । 
 

अग्निनियन्त्रकहरू आगो निभाउन सक्रिय छन् । राहत तथा उद्धारका कामहरू भइरहेका छन् । 

यस इन्स्टिच्युटले कोरोनाभाइरसविरुद्धको कोभीशील्ड नामक खोप तयार पारिरहेको छ । खोपलाई अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि कम्पनीले विकसित गरेका हुन् । 
 

एस्ट्राजेनेका संसारको सबभन्दा ठूलो खोप निर्माता कम्पनी हो । साइरस पूनावालाले सन् १९६६ मा यसको स्थापना गरेका थिए । 

आगलागीका कारण सिरमको एक प्रोडक्सन प्लान्ट डढेको बताइएको छ । त्यो प्लान्ट कोभीशील्डको उत्पादन इकाइ नजिक रहेको छ । 
 

सिरममा आगो लागेको खबर सार्वजनिक भएपछि शेयर बजारमा गिरावट आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्