१३ असार २०८३, शनिबार

१ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा एक जना पक्राउ

१ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर नगरपालिका-१ सल्लाघारी चोङ्गा गणेश मोडस्थित भिमेश्वर म:म सेन्टरबाट नगद १ लाख ७० हजार रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-६ फैडोल डेरा गरी बस्ने रामेछाप मन्थली घर भएका सोही सेन्टरमा काम गर्ने ३० वर्षीय राज कुमार धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ३ गते बेलुका दधिकोट डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-८ घर भएका ३१ वर्षीय शंखर खत्रीको सो म:म सेन्टरमा कोठा भाडा तिर्न घर्रामा राखेको उक्त नगद चोरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न धामीलाई पक्राउ गरेको हो ।

साथै उनको साथबाट नगद ३० हजार सहित अन्य सामान समेत प्रहरीले बरामद गरेको छ ।
उनी उपर जिल्ला अदालत भक्तपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्