
अमेरिकामा राष्ट्रपतिको रुपमा जो बाइडेनले बुधबार सपथ लिए । सो पद शक्तिशाली भए पनि अन्य सरकारी कर्मचारी जस्तै संघीय कानून अनुसार पदको मर्यादा र सीमा पालन गर्नुपर्ने हुन्छ ।
राष्ट्रपतिको तलबदेखि अन्य खर्चसम्म सबै कानूनले निर्धारण गरेको छ ।
अमेरिकी कानून यूएस कोड ३ अनुसार राष्ट्रपतिको वार्षिक तलब चार लाख अमेरिकी डलर हुन्छ । त्यो भनेको लगभग पाँच करोड रुपैयाँ हो ।
त्यसबाहेक राष्ट्रपतिले वार्षिक रूपमा ५० हजार डलर भत्ता पनि पाउँछन् । अनि एक लाख डलर भ्रमणभत्ता पनि पाउँछन् ।
त्यसबाहेक मनोरञ्जनका लागि पनि पैसा दिने गरिएको छ । उनले १९ हजार डलर आफ्नो र परिवारको मनोरञ्जनका लागि खर्च गर्न पाउँछन् । फर्स्ट लेडीलाई चाहिँ तलब दिइँदैन ।
राष्ट्रपतिले तलब लिन्नँ भन्न पनि पाउँछन् । यसैगरी
राष्ट्रपतिले लिमोजिन गाडी, मरिन वान र एयर फोर्स वानका रूपमा सित्तैमा परिवहन सुविधा पाउँछन् । असन ह्वाइट हाउसमा निःशुल्क आवास पनि उनले पाउँछन् ।