०८ असार २०८३, सोमबार

मोटरसाईकल चोरी गर्ने फेरि पक्राउ

मोटरसाईकल चोरी गर्ने फेरि पक्राउ
फाइल तस्बिर

राजधानीबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएको ट्राफिक प्रहरीले जनाएको छ ।  
मोटरसाईकल चोरीको घटना बढे सँगै ट्राफिक प्रहरीले पनि बिशेष अप्रेसन सञ्चालन गर्दै आईरहेको छ । सोही क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका, भोर्ले घर भई हाल तारकेश्वसर - ५ लोलाङ बस्ने जित बहादुर तामाङ्ग, रसुवाको नौकुण्ड गाउँपालिका घर भई हाल गोकर्णेश्वकर - २ नयाँपाटी बस्ने सोमान गंदान तामाङ्ग, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने वर्ष २८ को साङ्तेन तामाङ्ग लामा रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्