१३ असार २०८३, शनिबार

मसाल जुलुसमा प्रहरीको लाठीचार्ज, १३ जना घाइते

मसाल जुलुसमा प्रहरीको लाठीचार्ज, १३ जना घाइते

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा चितवनको नारायणगढमा निकालिएको मसाल जुलुसका क्रममा प्रहरी हस्तक्षेप भएको छ । प्रचण्ड–नेपाल पक्षले निकालेको मसाल जुलुसका क्रममा बिहीबार साँझ प्रहरी हस्तक्षेप भएको हो ।
सो क्रममा प्रहरीको लाठी प्रहारबाट १३ जना घाइते भएका छन् भने २ जना पक्राउ परेका छन् ।
घटनाको विरोध गर्दै नेकपा चितवनले एक विज्ञप्तिमार्फत घोर भत्सर्ना गरेको छ । विज्ञप्तिमा पक्राउ परेका युवा नेताहरु भानु न्यौपाने र विशाल कँडेललाई विनाशर्त रिहा गर्न माग गरिएको छ भने प्रहरीको लाठी प्रहारबाट घाइते भएका रुकु बस्नेत, सुसन पौडेल, अंकित दवाडी, राजु भुसाल, अविरल पोखरेल, निर्मल दवाडी, सन्देश अधिकारी, सागर पुरी, अविनाश रम्तेल, नीरज सापकोटा, मनोज नहर्की, रोहित सुवेदी र वीरेन्द्र खरेलको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्