०७ असार २०८३, आइतबार

वडा कार्यालयमा तेस्रो पटक तोडफोड, ल्यापटप चोरी

माघ ८, २०७७
वडा कार्यालयमा तेस्रो पटक तोडफोड, ल्यापटप चोरी
सन्दर्भ तस्बिर

गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । आज सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए ।

कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् ।  वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर तोडफोड गर्न व्यक्ति भने पत्ता लागेको छैन ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्