०९ असार २०८३, मंगलबार

राष्ट्रपतिको निर्णयको वैधतामाथि सर्वोच्च अदालतमा उठ्यो प्रश्न

माघ ९, २०७७
राष्ट्रपतिको निर्णयको वैधतामाथि सर्वोच्च अदालतमा उठ्यो प्रश्न

संवैधानिक धरातलमाथि नै गम्भीर प्रश्न उठेको अवस्थामा केही घण्टामै सिफारिस सदर गर्ने राष्ट्रपतिको निर्णयको वैधतामाथि सर्वोच्च अदालतमा प्रश्न उठेको छ । आलंकारिक भूमिकामा रहेका कारण अदालतमा समेत चुनौती खेप्नु नपर्ने सुविधामा रहेकी राष्ट्रपतिको संवैधानिक इजलासमा तिखो आलोचना भएको हो ।

अदालतमा हुने मुद्दामामिलाका क्रममा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइए पनि राष्ट्रपति स्वयंलाई भने विपक्षी बनाउन मिल्दैन । ‘संविधानको पालना र संरक्षणको भूमिकामा रहेको व्यक्ति (राष्ट्रपति) ले गैरसंवैधानिक रूपमा आएको सिफारिस तत्काल कार्यान्वयन गर्न हुँदैनथ्यो,’ अधिवक्ता टीकाराम भट्टराईले बहसका क्रममा भने, ‘विगतका प्रतिनिधिसभा विघटनको अवस्थामा तत्कालीन श्री ५ (राजा) ले पनि छलफल र परामर्श गरेका उदाहरण छन् । राजाले गरेका मूल्यमान्यताको पनि ख्याल नगरी राष्ट्रपतिज्यूले सिफारिस सदर गरिदिनु गलत हो ।’ कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्