चन्द समूहका मोरङ इन्चार्ज पक्राउ

नेत्रविक्रम चन्द समूहका मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई बिहीबार सार्वजनिक गर्दै बूढीगंगा–४ मा बुधबार उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको सूचना प्राप्त भएपछि खटिएको टोलीले नियन्त्रणमा लिएको दाबी गरेको छ ।


Advertisement

संखुवासभाको मादी–४ ओखरबोटेका विक मिक्लाजुङ–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नमध्येका रहेको खुलेको मोरङका डीएसपी मानबहादुर राईले बताए ।

विकका साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, ३ वटा गोली भएको म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ । उनका साथमा भेटिएका ४ वटा मोबाइल, ५ सिमकार्ड र प्रयोग गरेको को२४प ४००५ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्