०१ असार २०८३, सोमबार

घुस रकमसहित जिल्ला अदातल रुपन्देहीका २ जना पक्राउ

घुस रकमसहित जिल्ला अदातल रुपन्देहीका २ जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतका २ जना नापी निरीक्षक घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

आयोगले अदालतका नापी निरीक्षकद्वय सुमित चौलागाईं र मनोज थापालाई ५ हजार घुस रकम सहित शुक्रवार पक्राउ परेका हुन् ।

आयोगले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

रुपन्देही कोटहीमाई गाउँपालिका वडा नम्बर १ बोगडियाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्