०९ असार २०८३, मंगलबार

चार जिल्लामा  शून्य संक्रमित, ८७९ होम आइसोलेसनमा

चार जिल्लामा  शून्य संक्रमित, ८७९ होम आइसोलेसनमा

देशभरका ७७ जिल्लामध्ये काठमाडौँ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने चार जिल्लामा शून्य रहेको छ । हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा भोजपुर, कालिकोट, रुकुम (पश्चिम) र मुगु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सातको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ९८६ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये  मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ६७९ दशमलव पाँच छ ।  
देशभर आज बिहीबारभन्दा १७८ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित हुँदा ४८०  सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । 

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएका ४८० समेत गरी आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ । 

काठमाडौँ उपत्यकामा आज ११२ सङ्क्रमित थप भएका छन् । ती मध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा दुई हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय सङ्क्रमित रहेका छन् ।  

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी तीन हजार ५४५ नमूना परीक्षण भएको थियो । हालसम्म २० लाख ३५ हजार ३०१ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६९ हजार ७४८ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । 

सक्रिय सङ्क्रमितमध्ये हाल ८७९ होम आइसोलेसनमा छन् ।  प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा १०, प्रदेश २ मा एक, वाग्मती प्रदेश ६१२, गण्डकी प्रदेश २४, लुम्बिनी प्रदेश १६६, कणार्ली प्रदेश तीन र सुदुरपश्चिम प्रदेशमा ६३ रहेको छ । 

देशभरमा गरी आज १५४ सङ्क्रमित आईसीयूमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्