०३ असार २०८३, बुधबार

उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्डले गरे बाबुरामसँग वार्ता

माघ १०, २०७७
उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्डले गरे बाबुरामसँग वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।

नेकपाको शक्ति प्रदर्शनपछि प्रचण्ड लैनचौर पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । त्यहाँ पुन, प्रचण्ड र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एकै पार्टीमा रहेका प्रचण्ड र भट्टराईबीच ओलीलाई हटाउने विषयमा मत मिलेको छ । तर फरक फरक पार्टीबाट आन्दोलन गर्दा ओलीविरुद्ध शक्ति विकेन्द्रित भइरहेको उनीहरुले बताउँदै आएका छन् । भट्टराईले राति नै ट्वीटरमार्फत संयुक्त आन्दोलनका लागि आफूले पहल लिएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्