३१ जेठ २०८३, आइतबार

उपेन्द्र यादवलाई कार्यक्रम गर्न नदिनेसम्मको चेतावनी

माघ १०, २०७७
उपेन्द्र यादवलाई कार्यक्रम गर्न नदिनेसम्मको चेतावनी

मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जसपामा शीर्ष नेताबीच तिक्तता झन् बढेको छ । राजकिशोर यादव निकट कार्यकर्ताहरु आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन् ।
राजकिशोर निकट नेता तथा  केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृहजिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौँ । हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुस् ।’

आफ्नै गृहजिल्ला सिरहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भने, ‘यो त अति नै भयो । अब चुप लाग्दैनौँ । ’
माघ ३ गते सिरहामा जसपाले गरेको प्रदर्शनमा राजकिशोरलाई चौथो मर्यादामा राखिएको थियो । जसबाट राजकिशोर आक्रोशित छन् ।नागरिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्