२९ जेठ २०८३, शुक्रबार

बदनियतले काटेको चेकले पुर्‍याउला जेल

माघ १०, २०७७
बदनियतले काटेको चेकले पुर्‍याउला जेल

आर्थिक कारोबार र लेनदेनको सिलसिलामा साथी–सहयोगी   वा   आफन्तलाई   विश्वास  दिलाउन  खातामा  रकम  नभएको  ‘चेक’  दिँदै  हुनुहुन्छ  भने  होशियार रहनुहोला ।
 चेक अनादर तथा    बैङ्किङ    कसुरसम्बन्धी    मुद्दामा फस्नुहोला । बैङ्क  खातामा  पर्याप्त  रकम  नभई  आफ्नो  खाताको  ‘चेक’  काट्ने  व्यक्तिलाई  चेक  अनादर  तथा  बैङ्किङ  कसुर  तथा  सजाय  ऐनबमोजिम  कानुनी  कारबाहीलाई  प्रहरीले सशक्त पारेको छ ।

प्रहरीको  केन्द्रीय  अनुसन्धान  ब्युरो  (सीआईबी)ले  बैङ्क  खातामा  पर्याप्त रकम नभएको ‘चेक’ वितरण गरी करिब तीन करोड रुपियाँ ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको  छ  ।  पक्राउ  पर्नेमा  चितवन  भरतपुरका  ५१  वर्षीय  रामबहादुर  अधिकारी,  काठमाडौँ  चन्द्रागिरिका  ३१ वर्षीय सुवास थापा र गोरखाका २९ वर्षीय विष्णु अम्गाई छन् ।

ब्युरोका  अनुसार  खातामा  रकम  नभएको  चेक  दिई  अरूलाई ठग्न खोज्दा आफैं फौजदारी कसुर सजाय भोग्नेहरू बढ्दै छन् । गोरखपत्रमा खबर छापिएको छ।

salt training

कमेन्ट गर्नुहोस्