०४ असार २०८३, बिहीबार

धमाधम रद्द हुँदै बुकिङ, किन भएन पर्यटकको आकर्षण ?

माघ १०, २०७७
धमाधम रद्द हुँदै बुकिङ, किन भएन पर्यटकको आकर्षण ?

सात  दिन  अनिवार्य  क्वारेन्टाइन  बस्नुपर्ने स्वास्थ्य  ‘प्रोटोकल’का  कारण  नेपाल घुम्न चाहने  विदेशी  पर्यटक आकर्षित हुन सकेका छैनन्। नेपाल घुमघामको परिस्थितिबारे उनीहरू पर्यटन  व्यवसायीसँग  जानकारी त लिन्छन् तर विभिन्न प्रावधानका कारण  बुकिङ  चाहिँ  गर्दैनन्।  

बुकिङ  नै गरेका कतिपय  पर्यटकले यस्ता प्रावधानकै कारण बुकिङ रद्द गर्नुपरेको अवस्था छ। नेपाल  पर्यटन बोर्डका  अनुसार  केही  समयअघि  मात्र  विभिन्न छवटा  कम्पनीले  नेपालका  लागि  गरेको  १३  लाख  डलरको बुकिङ रद्द  गरेको  छ।

 इन्टरपे्रट  ट्राभल, नेसनल  जिओग्राफिक  एडभेन्चर, वल्र्ड एक्सपिडिसिन, आरईआईए ट्राभल, बेटर फिल्ड एन्ड रोबिन्सन ट्राभलले गरेको सो रकम बराबरको बुकिङ रद्द गरेको बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्