०८ साउन २०८३, शुक्रबार

विप्लवका टीकापुर नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ

विप्लवका टीकापुर नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ

कैलालीको टीकापुरबाट विप्लवका नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको ३ जना नेता कार्यकर्तालाई प्रहरीले शुक्रवार साझ कैलालीको टीकापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बहादुर बिष्टलाई पक्राउ गरिएको जानकारी दिए ।

शान्ति सुरक्षामा खलल गर्न सक्ने भन्ने जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्