२३ असार २०८३, मंगलबार

प्रचण्डको अभिव्यक्तिमा कमल थापाको आपत्ती

प्रचण्डको अभिव्यक्तिमा कमल थापाको आपत्ती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ती जनाएका छन् । 

अध्यक्ष थापाले शनिवार एक ट्वीट गर्दैमा अध्यक्ष प्रचण्डको अभिव्यक्तिमा आपत्ती जनाएका हुन् । 

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तल्लो स्तरको टिप्पणी गरेको भन्दै आपत्ती जनाएका हुन् । 

उनले भनेका छन्,'हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पुर्व राष्ट्रप्रमुख,लाखौं जनताको आस्था/बिश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो,त्यसले प्रचण्डको हतास/विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु ।'

salt training

कमेन्ट गर्नुहोस्