
रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ ।
रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिवारको प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ ।
गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ ।