२३ असार २०८३, मंगलबार

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै, ओलीमाथि थप कारबाही गर्ने तयारी

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै, ओलीमाथि थप कारबाही गर्ने तयारी

 नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । ओलीलाई यसअघि सो समूहले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ‘कारबाही किन नगर्ने’ भनि स्पष्टीकरण सोधेको थियो । तर, ओलीले जबाफ दिएनन् । उसो त यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई मनोनयन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्