१९ असार २०८३, शुक्रबार

देशभरका कार्यकर्तालाई नेकपा अध्यक्ष ओलीको विशेष परिपत्र

देशभरका कार्यकर्तालाई नेकपा अध्यक्ष ओलीको विशेष परिपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका कार्यकर्तालाई विशेष परिपत्र पठाउँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

गत बिहीवार पठाइएको विशेष परिपत्रमा माघ १५ गते प्रकाशित हुने मतदाता नामावली सच्याउने कार्यक्रममा सहभागी हुन निर्देशन दिइएको छ ।

निर्वाचन आयोगले माघ १६, १७ र १८ गते मतदाता नामावली सच्याउन सकिने मिति तय गरेको छ । ‘सो अवधिभित्र आ–आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसूचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, झूटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्तो नामावली हटाउन र दोहोरो नाम हटाउनका लागि निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरुरी छ,’ परिपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्