१३ असार २०८३, शनिबार

हरायो मानवता, पुच्छरमा आगो लगाएर हात्तीको हत्या (भिडियो)

माघ १०, २०७७
हरायो मानवता, पुच्छरमा आगो लगाएर हात्तीको हत्या (भिडियो)

भारतको तमिलनाडुमा भएको एक घटनाले भारतमा मानवता हराउँदै गएको उदाहरण प्रस्तुत गरेको छ । 
 

नीलगिरी जिल्लामा केही मानिसले हात्तीमाथि बलिरहेको कपडा फ्याँके । त्यसले हात्तीलाई डढाएपछि उसको मृत्यु भयो । 

घटनामा संलग्न दुईजनालाई प्रहरीले हिरासतमा लिएको छ । 

यस घटनाका बारेमा सामाजिक सञ्जालमा खुबै चर्चा भइरहेको छ । मानिसहरूले सोधिरहेका छन्– के मानवता मरिसकेको हो ?

वन अधिकारी प्रवीण अंगुसामीले घटनाको भिडियो अप्लोड गरेका हुन् । भिडियोले विचलित बनाउँछ । हात्ती पीडाले कराएर चिच्याएको सुनिन्छ । 

पक्राउ परेका दुईजनाबाहेक रिकी रायन नामक व्यक्ति पनि घटनामा संलग्न थियो । 

ती व्यक्तिहरूलाई कडा सजाय नहुने भनी मानिसहरूले निराशा प्रकट गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्