
निर्देशक दिवाकर भट्टराईले लगभग एक वर्षअघि घोषणा गरेको चलचित्र ‘तिमीसँगै हुन मन छ’ अहिलेसम्म छायांकनमा जान सकेको छैन । यो चलचित्रलाई उनी आफैंले निर्माण र निर्देशन गर्दैछन् ।
कोरोना महामारीले उनको चलचित्रको छायांकन प्रभावित पारेको थियो ।
यो चलचित्र आगामी चैत अन्तिम साताबाट छायांकन थाल्ने गरि निर्देशक भट्टराईले काम थालनी गरेका छन् ।
लामो समय भारत बसेर नेपाल आएका दिवाकरले यो चलचित्रका लागि सम्पुर्ण प्राविधिक टिम भारतबाट ल्याउने तयारी गरेका छन् ।
यो चलचित्रमा अभिनेत्री दीपिका प्रसाईं मुख्य भुमिकामा काम गर्दैछिन् भने अभिनेता फाइनल भएको छैन । केहि समय अघि उनले पल शाहलाई कागजी सम्झौता गरेका थिए, तर पललाई अन्तिम समयमा प्रोजेक्टबाट आउट गरिएको थियो । दीपिका उनकी आफ्नै श्रीम्ती समेत हुन् ।