मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
माघ ११, २०७७
कोभिड–१९ का कारण थला परेको चलचित्र उद्योग विस्तारै उठेको छ ।
सरकारले पुस २६ गतेबाट हल खोल्ने निर्णय गरेसँगै चलचित्र छायांकनका काम धमाधम शुरू भएका छन् ।
अहिले नेपालमा आधा दर्जनभन्दा धेरै चलचित्र छायांकनका लागि फ्लोरमा छन् । कतिपय चलचित्रको छायांकन भर्खरै शुरू गरिएको छ भने कतिपय चलचित्रको छायांकन अन्तिम चरणमा पुगेका छन् ।
आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन पोखरामा गत सोमबारदेखि शुरू गरिएको छ ।
भुवन केसीको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनय गरेकी थिइन् । दुवै चलचित्रबाट उपासनाले तारिफ पाइन् । त्यसपछि यो चलचित्रमा उनको इन्ट्री भएको हो ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रलाई भारतीय चलचित्र उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् ।
लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन र उपासनाका अलावा सुमन थापा, सलोन बस्नेत, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रलाई भारतीय फिल्म उद्योगमा व्यस्त छायांकार रवि नायडूले खिचिरहेका छन् । २०७८ साउन १ गते प्रदर्शन मिति तोकिएको यो चलचित्र काठमाडौं र पोखरामा खिचिनेछ ।
अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को हालै छायांकन शुरु गरिएको छ । ललितपुरस्थित गोदावरीबाट छायांकन थालिएको यो चलचित्र केही महिनाअघि घोषणा गरिएको थियो । सुशील पंगेनीको प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा मिलन आले मगरको निर्देशन छ । यो चलचित्रमा सलोन बस्नेत, रेखा शाह लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
नायिका ऋचा शर्माले निर्माण तथा अभिनय गरिरहेको चलचित्र ‘कौसिद’को छायांकन पनि यतिबेला धमाधम भैरहेको छ । यो चलचित्रको छायांकन मेलम्चीवरिपरि भैरहेको छ । चलचित्र केही हप्ताअघि घोषणा गरिएको थियो । यो चलचित्र चाबहिलस्थित गणेशस्थान मन्दिरमा शुभमुहुर्त गरेर छायांकन शुरू गरिएको थियो ।
साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहने चलचित्र ‘तिम्रो मेरो साथ’को एक हप्तादेखि छायांकन भइरहेको छ । यो चलचित्र डिल्लीबजारनजिकै एक होटलबाट छायांकन थालिएको थियो ।
चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गरिरहेका छन् ।
यो चलचित्र काठमाडौंसँगै अमेरिकामा पनि छायांकन हुने निर्माण टीमको भनाइ छ ।
अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन अन्तिम चरणमा छ ।
अहिलेसम्म ९० प्रतिशत छायांकन सकिएको छ भने केही बाँकी भागको छायांकन खिच्ने तयारी भएको छ ।
हाल अभिनेत्री सुहाना अमेरिकामा छिन् भने अनमोल नेपालमा छन् ।
धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कात्तिक १ गतेबाट शुरू भएको थियो । यो चलचित्रको धमाधम छायांकन भइरहेको छ ।
कोरोना महामारीले रोकिएको चलचित्रको विभिन्न चरणमा छायांकन भइरहेको छ भने चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । अहिले यो चलचित्रको छायांकन पाटन क्षेत्रमा भइरहेको छ ।
चलचित्र ‘परदेशी २’को छायांकन सक्ने अन्तिम तयारी गरिएको छ । यो चलचित्रको भीएफएक्सको काम समेत नेपालमा गर्ने भएपछि अमेरिकामा छायांकनका लागि टीम नजाने भएको छ ।
नारायण रायमाझीको निर्देशनमा वर्षा सिवाकोटी, प्रकाश सपुत, प्रशान्त तामाङ लगायतका कलाकारको अभिनय रहने यो चलचित्र आगामी दशैंमा प्रदर्शनमा ल्याउने चलचित्र निर्माण टीमको तयारी छ ।
चलचित्र ‘मनसँग मन’को एक गीतको छायांकन केही साता अगाडि काठमाडौंमा गरिएको थियो । यो गीतलाई निर्माण पक्षले सार्वजनिक समेत गरिसकेको छ । चलचित्रलाई चैत्र २७ गते रिलिज गर्ने तयारी निर्माताको छ ।
मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका रहने चलचित्र ‘गणपति’को छायांकन शुरू गरिएको छ ।
गत बिहीवार तनहुँको बन्दीपुर गाउँपालिका थारुवासबाट यो चलचित्रको छायांकन शुरू गरिएको हो । यो चलचित्रको अधिकांश दृश्यको छायांकन बन्दीपुरमा नै हुनेछ ।
चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ । चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द गिरीको लगानी छ । चलचित्रमा मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन शुरु गरेका छन् । यो चलचित्रको छायांकन यसै हप्ताबाट शुरू गरिएको हो ।
उनले यो चलचित्रमा अधिकांश हास्य टेलिसिरियल र वेब सिरिजका कलाकारहरूलाई लिएका छन् ।
चलचित्रमा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरवीर पण्डित, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
तर, चलचित्रका मुख्य अभिनेता र अभिनेत्रीको नाम सार्वजनिक गरिएको छैन ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...