२३ जेठ २०८३, शनिबार

ललितपुरको दक्षिणी भेगमा विप्लव समूह सक्रिय, प्रहरीले गस्ती बढायो

माघ १४, २०७७
ललितपुरको दक्षिणी भेगमा विप्लव समूह सक्रिय, प्रहरीले गस्ती बढायो
फाइल तस्बिर

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरुका गतिविधिबारे निगरानी बढाएको छ ।
सरकारको निर्देशनअनुसार  नै उनीहरुको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

ललितपुरको दक्षिणी भेग भौगोलिक हिसावले विकट भएकाले सोही क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न सक्ने ठहर गर्दै प्रहरीले नियमित गस्ती गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ । बाँस्तोलालाई प्रहरीले सोही क्षेत्रबाट पक्राउ गरेको थियो भने प्रवक्ता प्रकाण्ड उम्किन सफल भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्