
तपाईं कतै यात्रामा हुनुहुन्छ, र आफ्नो सामान टन्न बोक्नुभएको छ । विमानस्थलमा तपाईंलाई लगेज भरिएकै कारण रोकियो भने सोच्नुस् त तपाईं के गर्नुहुन्छ ?
यहाँ एक यस्तो घटनाको उल्लेख गर्न खोजिएको छ, जहाँ विमानस्थलमा लगेज भरिएपछि केही कम गर्न ४ जना चिनियाँ नागरिकले रोचक ‘ट्रिक’ लगाएका छन् ।
दक्षिण पश्चिम चिनको कुन्मिङमा घटेको घटना हो । त्यहाँ ४ जना चिनियाँ नागरिक विमानस्थलबाटै कतै यात्राको क्रममा थिए ।
लगेज धेरै भएको भन्दै विमानस्थलका कर्मचारीहरूले उनीहरूलाई रोक्न खोजे ।
उनीहरूलाई फसाद पर्यो । त्यति नै खेर ४ साथीमध्येका एकले रोचक ट्रिक लगाए, ‘आफूसँग भएको ३० किलो सुन्तला त्यहीँ खाएर सक्ने ।’
समाचारमा जनाइएअनुसार, ती सुन्तला बोक्ने व्यक्तिको नाम वाङ हो । उनी आफ्ना साथीहरूसँग विजनेस ट्रिपमा थिए । उनले महँगो मूल्यमा सुन्तला किनेका थिए ।
जब उनलाई एयरपोर्टमा सामान धेरै भयो भन्दै रोकियो उनीहरूले सब सुन्तला खाएर सकाए ।
उनीहरूले त्यति धेरै सुन्तला खाएको देखेर त्यहाँ आसपास रहेका कर्मचारी तथा यात्रुहरू पनि छक्क परेको समाचारमा जनाइएको छ ।