०२ साउन २०८३, शनिबार

रिट निवेदक नेकपा सांसदलाई न्यायाधीश मल्लको प्रश्न– यो मुद्दालाई अब कति लम्ब्याउने ?

रिट निवेदक नेकपा सांसदलाई न्यायाधीश मल्लको प्रश्न– यो मुद्दालाई अब कति लम्ब्याउने ?

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइ लम्बिएपछि न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दालाई कति लम्ब्याउने भनेर रिट निवेदक एवं विघटित प्रतिनिधि सभाका एक सांसदसँग प्रश्न गरेकी छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार लगातार दशौं दिनको सुनुवाइका क्रममा रिट निवेदक कृष्णभक्त पोखरेलसँग न्यायाधीश मल्लले यो मुद्दालाई कति लम्ब्याउने भनेर प्रश्न गरेकी हुन् ।

जवाफमा पोखरेलले मुद्दा लम्ब्याउन नहुने पक्षमा आफूहरू सचेत रहेको बताए । राष्ट्रकै ध्यान केन्द्रित भएको विषय भएकाले बहस गर्नेको संख्या बढेको भए पनि बहस लम्ब्याउने पक्षमा आफूहरू नरहेको उनले बताए ।

आफूहरूले कसैलाई पनि पैसा दिएर बहस नगराएको उनले बताए । 

बहसका क्रममा पोखरेलले प्रतिनिधि सभा विघटन गर्न पाउने कुनैपनि संवैधानिक र कानूनी आधार नभएको बताए ।

त्यसअघि नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले इजलाससमक्ष प्रतिनिधि सभा विघटन गर्न नमिल्ने जिकिर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्