पृथ्वीभन्दा ४२० किलोमिटर माथि रहेको अन्तरिक्षमा इन्टरनेसनल स्पेस स्टेसन छ । त्यहाँ पुग्नका लागि तीनजना व्यक्ति प्रत्येकले ६४० करोड रुपैयाँ खर्च गर्न लागेका छन् ।
तीन अर्बपतिले अन्तरिक्ष यात्राको योजना बनाएका हुन् ।
मंगलवार अमेरिकाको फ्लोरिडास्थित केप क्यानवरलमा
पहिलो प्राइभेट स्पेस स्टेसन क्रूको परिचय गराइएको थियो । त्यस क्रूमा तीन यात्री छन् । प्रत्येक यात्रीले ५५ मिलियन डलर अर्थात् ६४० करोड रुपैयाँ तिर्नेछन् । उनीहरू स्पेसएक्सको रकेटबाट स्पेस स्टेसनका लागि उड्नेछन् ।
यात्रीहरूको नाम ईटन स्टिबे, मार्क प्याथी र ल्यारी कोनर हो । उनीहरूलाई सन् २०२२ को जनवरीमा स्पेस स्टेसनको यात्रा गराइनेछ ।
इन्टरनेसनल स्पेस स्टेसन पुग्ने यो पहिलो प्राइभेट फुलाइट हो ।
यिनीहरूलाई त्यहाँ पुर्याउने जिम्मा नासाका पूर्व अन्तरिक्षयात्री माइकल लोपेज अलेग्रियालाई दिइएको छ । अहिले उनी ह्युस्टनस्थित एक्सीओम स्पेस कम्पनीमा काम गर्छन् ।