
पछिल्लो २४ घन्टामा २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म २ लाख ७० हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, २ लाख ६५ हजार ६९ जना संक्रमित कोरोना भाइरस मुक्त भएका छन् । बुधवार मात्रै २ सय ४६जना संक्रमित भाइरस मुक्त भएका छन् ।
हालसम्म मुलुकभर ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार, बुधवार ३ जनाको मृत्यु संक्रमितको छ । यससँगै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।