२४ जेठ २०८३, आइतबार

उद्योग वाणिज्य महासंघले गठन गर्‍यो महिला उद्यमी विकास समिति

उद्योग वाणिज्य महासंघले गठन गर्‍यो महिला उद्यमी विकास समिति

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रीता सिंहको सभापतित्वमा गठित महिला उद्यमी विकास समिति विस्तार भएको छ ।

समितिका सह–सभापतिमा सेवा सेक्युरिटिज प्रा.लि.का निर्देशक जुना माथेमा चुनिएकी छन्। 

समितिका सदस्यहरूमा क्याण्डल एण्ड क्राफ्टसका प्रोपाइटर सुनिता वैद्य श्रेष्ठ, बि. किपिङ एण्ड रिसर्च सेन्टरका सिइओ महालक्ष्मी श्रेष्ठ, अर्वान गर्लका सहसंचालक निकिता आचार्य, कञ्चनजंघा टि स्टेटका प्रवन्ध निर्देशक शान्ता बाँस्कोटा, सिल्भर माउण्टेन स्कूल अफ मेनेजमेन्टका प्रवन्ध निर्देशक आभा शाह, हाउस अफ मेनेजमेन्ट प्रा.लि.का संस्थापक उपासना श्रेष्ठ र कीर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य छन्। 

समितिमा विशेष आमन्त्रित सदस्यहरूमा लैगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ पिंकी सिंह राणा, काभ्रे उद्योग वाणिज्य संघका सदस्य प्रमिला चण्डी श्रेष्ठ, उद्योग संगठन मोरङका प्रतिनिधि, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपालगंज उद्योग वाणिज्य संघका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधि र भर्साटायल बुटिकका शोभा श्रेष्ठ छन् । 

त्यसैगरी फोरमका सल्लाहकारहरूमा महासंघका पूर्व वरिष्ठ विज्ञ गोविन्द देव पाण्डे कार्ट नेपालका अध्यक्ष डा. आनन्द शोभा ताम्राकार, रमेशमान डंगोल, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य कमला श्रेष्ठ, महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विकास ज्योत्सना श्रेष्ठ छन् । 

उक्त समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्यमशीलता विकास मार्फत मुलुकभित्र रोजगारी सृजना अहिलेको प्रमुख आवश्यकता रहेकाले उद्यमशीलता प्रवर्द्धनमा अबका सम्भाव्यता पहिचान सहित हाल संचालनमा रहेका तर कोभिडका कारण थलिएका साना उद्यमीहरूको पुनरूत्थानका लागि के गर्नुपर्छ त्यसमा केन्द्रीत हुन समितिलाई आग्रह गरे । साथै उनले महिला उद्यमी विकास सम्बन्धी कार्यक्रमहरू संचालनका लागि योजनागत रुपमा अगाडी बढ्न पनि सुझाव दिए । 

तत्पश्चात समितिका सभापति सिंहको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा समितिले गर्ने उपयुक्त कार्यक्रमहरूबारे छलफल गर्न माघ १९ गते रणनीतिक बैठक आयोजना गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्