२५ जेठ २०८३, सोमबार

डाक्टरमाथि कोरोना महामारीमा अस्पतालको बेड खालि गर्न दुई बिरामीको हत्या गरेको आरोप

डाक्टरमाथि कोरोना महामारीमा अस्पतालको बेड खालि गर्न दुई बिरामीको हत्या गरेको आरोप

कोरोना भाइरसको महामारी भयङ्कर बनिरहँदा बेड खालि गर्न भन्दै वार्डमा दुई बिरामीको हत्या गरेको आरोपमा इटालियन डाक्टरलाई पक्राउ गरिएको छ।

४७ वर्षीय कार्लो मोस्का नामका डाक्टरले ६१ वर्षीया नाताल बास्सी र ८० वर्षीया एन्जेलो पलेट नामका दुई बिरामीहरूलाई गत मार्चमा लोम्बार्डीको अस्पतालमा एनेथेसियाको घातक डोज दिएको आरोप उनीमाथि लागेको छ ।

नर्सहरू बीचको व्हाट्सएप सन्देशमार्फत उनले २ बिरामीको हत्या गरेको पत्ता लागेको थियो । महामारीका बीच इटालीमा देशैभर बेड भरिएका थिए ।

अधिकारीहरूले थप तीन मृत्युको अनुसन्धान गरिरहेका छन् । उनीहरूको दाबी अनुसार मोस्काले मृतकको मेडिकल रेकर्ड परिवर्तन गरेका थिए ।

मोस्कालाई अहिले मन्टुआमा उनको घरमा नजरबन्दमा राखिएको छ । उनले आफूमाथि लगाइएको आरोपहरूको इन्कार गर्दै आरोपलाई 'आधारहीन' भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्