
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका प्रदेश नं १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । सो समूहद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार अल्पमतमा परिसकेको हुनाले अविश्वास पारित हुने दाबी गरे । इञ्चार्ज आचार्यले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा प्रदेश सदस्यसँग छलफल भइरहेको जानकारी दिए ।
अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनबारे छलफल अघि बढ्ने पनि उनले बताए ।