०१ साउन २०८३, शुक्रबार

चिकित्सकले मृत घोषणा गरेपछि लगियो जलाउन, जिउँदै भेटिइन् वृद्धा !

माघ १६, २०७७
चिकित्सकले मृत घोषणा गरेपछि लगियो जलाउन, जिउँदै भेटिइन् वृद्धा !

अर्जेन्टिनामा एक महिलाकी आमाको शरीर चितामा जलाउनै लाग्दा आमा जीवितै रहेको देखेपछि उद्धार गरिएको छ । 

८९ वर्षीया आमाले छाती दुखेको बताएपछि उत्तरपूर्वी शहर रेजिस्टेन्सियाको एक निजी अस्पतालमा शनिवार भर्ना गरिएको थियो । 

त्यसको भोलिपल्ट चिकित्सकहरूले छोरीलाई मृत्यु प्रमाणपत्र थमाए । हृदयघात भएर आमाको मृत्यु भएको जानकारी उनीहरूले दिए । 

आमाको शरीर दहन गर्नका लागि शवदाह केन्द्रका कर्मचारीले तयारी गर्दै गर्दा शरीर हलुका चलेको देखेपछि छोरीले दाहकर्म तत्कालै रोक्न लगाएकी थिइन् । 

स्थानीय प्रहरीले बतायो, ‘ती छोरीलाई चिकित्सकले मृत्यु प्रमाणपत्र दिएपछि उनले आमाको पार्थिव शरीर भेलेज सार्सफील्ड एभेन्युमा रहेको शवदाह केन्द्रमा लगेकी थिइन् । त्यहाँ शरीरलाई आगोमा प्रवेश गराउनै लाग्दा छोरीले शरीर हलुका चलेको देखिन् र कर्मचारीहरूलाई तत्कालै रोकिन आग्रह गरिन् ।’

त्यसपछि आमालाई एक निजी क्लिनिकमा लगियो र अहिले उनको सघन उपचार चलिरहेको छ । 

छोरीले आमालाई मृत घोषणा गर्ने क्लिनिकविरुद्ध कारवाही गर्न अधिकारीहरूलाई आग्रह गरेकी छन् । अधिकारीहरूले अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्