
नेकपा केन्द्रीय सदस्य एवं पूर्व सभामुख ओनसरी घर्तीले संविधानको कुनै धारा उल्लेख नगरी विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना हुने दावी गरेकी छन् ।
प्रतिनिधिसभा जिउँदै रहेको र आफू सांसदहरू जिउँदै रहेको उनले दावी गरिन् ।
रुपन्देहीको बुटवलमा बिहीवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेतृ घर्तीले संघीय लोकतान्त्रिक गणतन्त्रको सविधानप्रति सबैभन्दा धेरै माया महिलाहरूलाई रहेको बताएकी हुन् ।
‘प्रधानमन्त्रीले कुनै धारा उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्नुभएको छ, यो असंवैधानिक छ । प्रतिनिधिसभा जिउँदैछ, हामी जिउँदैछौं, अदालतले छिट्टै फैसला देला,’ घर्तीले भनिन् ।
सभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।