२७ असार २०८३, शनिबार

अवहेलना मुद्दामा आफैं उपस्थित हुन प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्चको आदेश

अवहेलना मुद्दामा आफैं उपस्थित हुन प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्चको आदेश

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरूले अदालतको अवहेलना गरेको भन्दै परेका छुट्टछुट्टै रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं अदालतमा उपस्थित भएर जवाफ दिन कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर जवाफ आदेश दिएको सञ्चारविज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए ।

अदालतमा बाजे वकिललाई बहस गर्न लगाएर तमासा गरिएको अभिव्यक्ति ओलीले दिएपछि अवहेलना मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरुद्ध निवेदन दिएका थिए । 

पूर्व सभामुख दमननाथ ढुंगाना तथा पूर्व न्यायाधीशहरू मिनबहादुर रायमाझी, सुशीला कार्की सहितविरुद्ध परेको निवेदनमा समेत कारण देखाउ आदेश जारी गरिएको हो । 

पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले बुधवार छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

पूर्व सभामुख ढुंगानालाई समेत अदालतमा आफैं उपस्थित भएर जवाफ दिन अदालतले आदेश दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्