२८ असार २०८३, आइतबार

कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने

माघ १५, २०७७
कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने

एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ ।

एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभावकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्कको कारण देखाउँदै जर्मनीमा वृद्धवृद्धालाई यसको प्रयोग नगर्न सिफारिस गरिएको हो ।

 वैज्ञानिक तथा विशेषज्ञहरूको एक समितिले बेलायतस्थित विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरिएको अस्ट्राजेनेकाको खोपलाई १८ वर्ष देखि ६५ वर्ष उमेर समूहमा प्रयोग गर्न सुझाब दिएको हो ।

समितिले भनेको छ, “अहिले उपलब्ध तथ्याङ्कमा ६५ वर्ष र त्योभन्दा बढी उमेर समूहका व्यक्तिमा प्रयोग भइ यसको प्रभावकारिता पुष्टि गर्ने आधारहरू अपर्याप्त देखिएकोले जर्मनीमा उक्त उमेर समूहमा यसलाई प्रयोग नगर्न उचित हुने निष्कर्ष निकालिएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्