३० जेठ २०८३, शनिबार

आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र– 'अहिले उपस्थित हुन सकेनौं, १८ गतेपछिलाई बोलाइयोस्'

आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र– 'अहिले उपस्थित हुन सकेनौं, १८ गतेपछिलाई बोलाइयोस्'

निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सहभागी नहुने भएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल उपत्यकाबाहिर रहेकाले प्रतिनिधि चयन हुन नसकेको तथा अध्यक्ष स्वयं पनि छलफलमा सहभागी हुन चाहेकाले १८ गतेभन्दा पछिको मिति तय गरी बोलाउन प्रचण्ड-नेपाल पक्षले आयोगलाई पत्रमार्फत आग्रह गरेको छ ।

पत्र बोकेर स्थायी कमिटी सदस्य लीलामणि पोखरेल र नेता राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका थिए ।

केपी शर्मा ओली पक्षबाट पूर्व सभामुख सुवास नेम्वाङ लगायतका नेता आयोग पुगेका छन् ।

निर्वाचनका लागि दल दर्ताको सूची प्रकाशित गर्ने सम्बन्धमा छलफलका लागि भन्दै आयोगले राजनीतिक रूपमा विभाजित नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

हेर्नुहोस्, पत्र :

salt training

कमेन्ट गर्नुहोस्