२२ जेठ २०८३, शुक्रबार

नेदरल्यान्ड्स : प्रहरीले पानीको फोहरा प्रहार गर्दा महिलाको फुट्यो टाउको

माघ १६, २०७७
नेदरल्यान्ड्स : प्रहरीले पानीको फोहरा प्रहार गर्दा महिलाको फुट्यो टाउको

नेदरल्यान्ड्समा लकडाउनविरोधी प्रदर्शन भइरहेकोमा प्रहरीले पानीको फोहरा प्रहार गर्दा एक महिलाको टाउको फुटेर १५ वटा टाँका लगाउनुपरेको छ । 
 

आइन्डहोभनको एक शहरमा खिचिएको भिडियोमा डेनिसा स्टास्त्ना नामक ती महिलालाई पानीको ठूलो फोहरा टाउकोमा बज्रिएको देखिन्छ । घटना आइतवार भएको हो । 

चेक गणतन्त्रबाट आएकी ती महिला फोहराको तोडले एक भवनमा ठोकिन पुगेकी थिइन् । उनको टाउको फुटेको थियो र ओठ काटिएको थियो । 

उनी र उनका प्रेमीले प्रदर्शनको भिडियो मात्र खिचेको, त्यसमा सहभागी नबनेको भनी दाबी गरेका छन् । तर सबैजनालाई त्यो ठाउँ छोडेर जान आदेश दिँदा पनि उनीहरू नगएकाले फोहरा हानेर तितरबितर गराउनुपरेको अधिकारीहरूको कथन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्