
अमेरिकाको राष्ट्रपति पदबाट बिदा हुँदै गर्दा डोनाल्ड ट्रम्पले चिनियाँ सामाग्रीको प्रयोगमा लगाएको प्रतिवन्धले चिनियाँ अर्थतन्त्रमा धक्का लागेको छ ।
यससँगै चर्चित कम्पनी साओमीको व्यापार समेत खस्किएको छ ।
आफू बहिर्गमन हुनु अगाडि ट्रम्पले चिनियाँ सामाग्रीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए ।
अमेरिकी रक्षा विभागले हालै चिनियाँ स्मार्टफोन कम्पनि साओमी लगायत विभिन्न नौ वटा कम्पनीको उत्पादनको प्रयोगमा रोक लगाएको छ ।
अमेरिकी प्रशासनको यो निर्णय चिनियाँ स्मार्टफोन साओमीका लागि चिन्ताको विषय बनेको छ ।
केही समय अगाडि मात्रै एप्पललाई पछि पार्दै बिश्वकै तेस्रो ठूलो स्मार्ट फोन निर्माता कम्पनि बन्न पुगेको साओमीका लागि अमेरिकी प्रशासनको यो निर्यायले नीकै ठूलो धक्का लाग्न पुगेको सिएनएनले उल्लेख गरेको छ
बजार इन्टेलीजन्स फर्म आईडीसीका अनुसार साओमीका लागि यो चिन्ताको बिषय हो । अमेरिकी प्रशासनको यो निर्णयसँगै साओमीले यसअघि कायमगर्न सकेको उसको अग्रणी स्थान छ गुम्छ नै सिङगो अेमरिकी बजारमा प्रबेश नपाउँदा अन्य धेरै कम्पनिले उसलाई पछि पार्ने बिश्लेषण समेत हुन थालेको छ ।
पटक पटक सुरक्षा जोखिमकोे चुनौतिमा समेत फसिसकेको साओमीका लागि नयाँ चुनौतिसँगै अव पुनः आफ्नो बजार पुर्ववत् अवस्थामा कायम राख्न सहज नभएको रिर्पोटहरूले बताउन थालेका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, अमेरिकाको उक्त निर्णयसँगै साओमीको शेयर मुल्यमा समेत १० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
अमेरिकी निर्णय कार्यान्वयनमा आएपछि साओमीका फोनमा गुगल सेवा समेत बन्द हुने अवस्था देखिएको छ ।
यस्तो भएको खण्डमा साओमिका प्रयोगकर्ताहरूको संख्यामा ठूलो गिरावट आउन सक्ने बिश्लेषकहरूले अनुमान गरेका छन् ।
साओमीसँगै अमेरिकी प्रतिवन्धको असर हुवावे कम्पनीमा पनि देखिएको छ । कम्पनीले उत्पादन गरेको मोबाइलको बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको अध्ययनहरूले देखाएका छन् ।